
काठमाडौं, ३ माघ । चिनियाँ अटोमोबाईल कम्पनी नेटा अटोले थाईल्यान्डमा २०२४ को न्युइनर्जी भेइकल ब्रान्ड विधामा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । ग्लोबल ब्रान्ड सेल्समा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै आएको नेटा ब्रान्डले आगामी वर्षमा अझ आक्रमक रुपमा आफ्नो उपस्थितलाई बढाउँदै विश्व बजारमा राम्रो स्थान प्राप्त गर्न सक्ने अनुमान पनि गरिएको छ ।
नेपालको सन्दर्भमा पनि नेटाको बिक्री तुलनात्मक रुपमा बढ्दै गइरहेको छ भने नेपालमा नेटा अटोको ब्रान्डहरुलाई थप गर्दै अझ बढी सेवा सुविधाका साथ बिक्रीपछिको बजार र सुविधालाई विशेष ध्यानमा राखिँदै आएको बताइएको छ ।
नेपालका लागि नेटा ब्राण्डको आधिकारीक वितरक सिजी मोर्टसले नेटाका यी दुबै मोडलका कारहरु नेपालमा पनि बिक्री वितरण गर्दै आइरहेको छ ।
नेटा भी क्रसओभर वर्गमा इलेक्ट्रिक वाहन (ईभीएस) चाहाने व्यक्तिहरूको लागि एक महत्वपूर्ण विकल्प हो । यसको ४०.७ किलोवाट ब्याट्रीले राम्रो क्षमता प्रदान गर्दछ, जबकी ५० किलोवाट मोटरले दमदार प्रदर्शन सुनिश्चित गर्दछ ।
१२० एनएम टर्कले यसको गतिशिल ड्राइभिङ अनुभवलाई थप उजागर गर्दछ, जसले तीव्र गतिको सवारी र ह्यान्डलिङलाई सुधार्छ । नेटा भी छिटो २० मिनेटको चार्जमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्रीलाई चार्ज गर्न सक्छ । यसमा एकल चार्जमा ३८०ं प्लस किमि दायरा छ र यो सीएटीएलका लिथियम आयरन फस्फेट ब्याट्रीले चल्दछ, जसको ८ वर्ष वा १५०, ००० किमि वारेन्टी छ।
नेटा एक्स एकल चार्जमा ५०० किमि सम्म यात्रा गर्न सक्छ । यसमा १८५ मिमि ग्राउन्ड क्लियरन्स छ, जसले चालकलाई सुरक्षा महसुस गराउँछ ।
सीएटएलका अत्याधुनिक लिथियम आयरन फस्फेट ब्याट्रीहरूले सुसज्जित नेटा एक्सले पनि ८ वर्ष वा १, ८०, ००० किमि वारेन्टीको साथ विश्वसनीयता र दीर्घकालीन टिकाउपनको ग्यारेन्टी दिने कम्पनीले जनाएको छ । यी सुविधाहरूले नेटा एक्सलाई एक बहुपरकारी र पर्यावरणमैत्री एसयुभीको रूपमा आकर्षक विकल्प बनाउँछ ।









प्रतिक्रिया