३० असार २०८३, मंगलबार

पक्षघातको औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, माघ ३ ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गइरहेको पक्षघातको उपचार गरेर जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत् निःशुल्क वितरण गरिने मन्त्री पौडेलले बताए ।

अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र मन्त्रालयबिच यससम्बन्धी सहयोगका लागि हस्ताक्षर भएको छ। संस्थाले पाँच वर्षसम्मका लागि यस्तो औषधी सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए।

मन्त्रालयले यी औषधी वितरण र उपचारको व्यवस्थाका लागि निर्देशिका बनाउने प्रक्रिया पनि अघि बढाइसकेको छ। पक्षघातको औषधी र उपचार हुने निर्देशिका संघीय र प्रदेश अस्पतालमा लागू हुनेछ। यो उपलब्धि नेपालको स्वास्थ्य उपचार सेवामा महत्वपूर्ण भएको न्यूरो चिकित्सक डा. राजु पौडेलले बताए ।