२३ असार २०८३, मंगलबार

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको सुनुवाइ सुरु, उजुरी आह्वान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले खड्काविरुद्ध उजुरी आह्वानसमेत गर्ने निर्णय गरेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

उनले भनिन्,‘सुनुवाइको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समितिसमक्ष दिने प्रयोजनकालागि सरकारी सञ्चार माध्यम र इमेल जस्ता विद्युतीय सञ्चारका माध्यममार्फत संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’