
काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग कुनै समस्या नरहेको बताएका छन् ।
आज आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा देउवाले सहमति अनुसार सरकार अगाडि बढिरहेको र एमालेसँग कुनै समस्या नरहेको बताएका हुन् ।
बैठकपछि सभापति देउवाको भनाई उद्धृत गर्दै गृहमन्त्री रमेश लेखकले भने, ‘एमाले र कांग्रेसको सहमतिमा अघि बढ्ने हो। मुलुकमा सुशासन र आर्थिक समृद्धि गर्ने हो यसमा केन्द्रित भएर काम गर्नुस्। हामी दुई दलबीचमा कुनै समस्या छैन।’
कांग्रेसबाट सरकारमा १० जना मन्त्री र २ राज्यमन्त्री सहभागी छन् ।












प्रतिक्रिया