
काठमाडौं, ३ माघ । सानिमा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको छ ।
यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । यसका लागि १५ दिनको म्याद दिइएको छ ।
लगानीकर्ताले तोकिएको मितिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ । शेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ ।








प्रतिक्रिया