२९ जेष्ठ २०८३, शुक्रबार

सिद्धार्थ बैंकको नगद लाभांश खातामा जम्मा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । सिद्धार्थ बैंकले आफ्ना शेयरधनीहरुको खातामा नगद लाभांश पठाएको छ । बैंकले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई पुस २८ गतेबाट नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ ।

बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीलाई ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

यता, बैंकले नगद लाभांश खातामा नआएका शेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।