
काठमाडौं, ३ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा होटल भिष्वा वीरगञ्जमा बिहान ९ बजे सुरु हुनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ ९ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।








प्रतिक्रिया