३१ असार २०८३, बुधबार

पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढाएको छ ।

निगमले आज पेट्रोलको मूल्य लिटरमा २, डिजल र मट्टितेलको मूल्य लिटरमा तीन रूपैयाँले बढाएको हो । अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य बढाइएको निगमले जनाएको हो ।

बढेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।