
काठमाडौं, २ माघ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेकको बहस जारी छ ।
काठमाडौं जिल्ला अदालतमा जारी बहसमा अहिले लामिछाने पक्षका वकिलहरूले बहस गरिरहेका छन् । लामिछाने आइतबार अदालतमा हाजिर भएपछि त्यसदिन उनको बयान लिएर अदालतले प्रहरीको जिम्मा लगाएको थियो।
सोमबारदेखि मात्रै उक्त मुद्दामा लामिछानेको थुनछेक बहस सुरू भएको थियो। सरकारी वकिलको बहस लम्बिँदा त्यसदिन प्रतिवादी पक्षका वकिलहरूले बहस गर्ने समय अपुग भएपछि लामिछानेलाई हिरासतमै पठाइएको थियो।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।












प्रतिक्रिया