
काठमाडौं, २ माघ । फास्टफूड एशोसियसन नेपालको अध्यक्षमा होमराज श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
सोमबार काठाडौंमा सम्पन्न एशोसियसनको आठौँ राष्ट्रिय अधिवेशनले श्रेष्ठको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमितिको उपाध्यक्षमा रामकाजी भण्डारी र नविन श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, महासचिवमा राकेश श्रेष्ठ, सचिवद्वयमा भीमप्रसाद आरण, कुमार भण्डारी, कोषाध्यक्षमा टेकबहादुर श्रेष्ठ चयन हुँदा सदस्यहरूमा गोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सुभाष श्रेष्ठ, महेन्द्र श्रेष्ठ र तुलसी श्रेष्ठ चयन भएका हुन् ।
हाल संस्थामा ३०० भन्दा बढी रेष्टुरेन्ट तथा फास्टफूड क्याफे आवद्ध छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले रेष्टुरेन्ट तथा फास्टफूड क्याफेमा पछिल्लो समय देखिएका समस्या समाधानमा आफू केन्द्रित भएर काम गर्ने बताए । उनले संस्थाले रेष्टुरेन्ट तथा फास्टफूड क्याफेको गुणस्तरमा वृद्धि र व्यवसायीको हितमा काम गर्ने बताए ।









प्रतिक्रिया