
काठमाडौं, २ माघ । ङादी ग्रुप पावरले पुस २३ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरिरहेको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद शेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको छ ।
यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस हकप्रदमा बिक्री सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं र सिद्धार्थ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
यस हकप्रद शेयरका लागि यसले मंसिर १८ गते बुक क्लोज गरेको हो । तसर्थ, मंसिर १७ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद शेयर दाबी गर्न पाउनेछन् । यो हकप्रद शेयरमा लगानीकर्ताले माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी भएपछि चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद शेयरबाट प्राप्त रकम आयोजनाको मर्मत सम्भार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्नेछ ।








प्रतिक्रिया