२७ जेष्ठ २०८३, बुधबार

फोनपे पेमेन्ट सर्भिसले १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार पुल्चोक ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

सभाले आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु पारित गरी फोनपेको शेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ । साथै, आ.व. २०८१/८२ को लेखापरीक्षकको रुपमा एनबीएसएम एन्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।