
सिन्धुपाल्चोक, १ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई दबाब दिएर संविधानको धारा ७६(३) अनुसार सरकार गठन गर्न नदिएको बताएका छन् ।
प्रेस सेन्टर नेपालले सिन्धुपाल्चोकको सुकुटेमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले काँग्रेस र एमालेले राष्ट्रपतिलाई दबाब दिएर असंवैधानिक सरकार बनाएको आरोप लगाएका हुन् ।
प्रचण्डले भने, ‘राष्ट्रपतिजी अन्तिम समयसम्म संविधानको धारा ७६(३) अनुसारको सरकार बनाउन तयार पनि हुनुपर्थ्यो । तर मैले बुझेअनुसार राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो । त्यसैले यो सरकारलाई मैले असंवैधानिक भनेको हुँ ।’








प्रतिक्रिया