
काठमाडौं, १ माघ । नेपाली बजारमा आज सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेर १ लाख ५५ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएकोमा आज घटेर तोलामा १ हजार ८२० रुपैयाँ कायम भएको छ ।















प्रतिक्रिया