५ असार २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । महालक्ष्मी विकास बैंक लिमिटेडको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाले २०८१ साल आषाढ मसान्तको वासलात तथा आ.व. २०८०/०८१ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँँफाँड हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएका छन् ।

यसैगरी, वार्षिक साधारणसभामार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन भएको छ । यसअन्तर्गत आ.व.२०८०/०८१ को वितरणयोग्य मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत) तथा ३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ को अन्त्य सम्म बैंकका समग्र वित्तीय परिसूचकहरुमा सकरात्मक परिवर्तन देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा ३७.७५ करोड रुपैयाँ खुद मुनाफा रहेकोमा ३३ प्रतिशत नाफा वृद्धि गर्दै आर्थिक वर्ष २०८०/८१ मा खुद नाफा ५०.०३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा प्रति शेयर आम्दानी १२ रुपैयाँ, पुँजी पर्याप्तता अनुपात १४.९३ प्रतिशत, शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत तथा लाभांश दर ७.०० प्रतिशत रहेको छ ।

सभाका अध्यक्ष राजेश उपाध्यायले शेयरधनीहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई आत्मसात गर्दै बैंकले ग्राहकहरुको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरुलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरे । साथै, शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्‍याएको सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन् ।