
काठमाडौं, २९ पुस । काठमाडौं जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज नसकिने भएको छ ।
बहस लम्बिएकाले आज आदेश नहुने भएको हो । यसैबीच रवि पक्षका वकिलले आज बहस नसकिने भएपछि हिजोको जस्तो आदेश गर्न नहुने माग गरेका छन् ।
वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस लम्बिएपनि हिजोको जस्तो आदेश हुन नहुने माग गरेका हुन् । उनले भने ‘बहस जति लम्बिए पनि लम्बयोस्, आपत्ति भएन तर हिजोको जस्तो आदेश गर्न भएन श्रीमान’, ।
उनले कानूनी प्रक्रियामै गडबडी गरिएको बताएका छन् । उनले भने, ‘कास्कीको आदेशपछि प्रहरीले पक्रेर काठमाडौँ प्रहरीलाई बुझाउनुपर्ने थियो। यहाँ कानुनी प्रक्रियामै गडबडी गरिएको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई आफै उपस्थित हुने छुट दिनु नै गलत थियो।’ न्यायाधीस माधव अधिकारीको इजलासमा बहस जारी छ ।









प्रतिक्रिया