२२ जेष्ठ २०८३, शुक्रबार

रविको थुनछेक बहस आज नसकिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । काठमाडौं जिल्ला अदालतमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको थुनछेक बहस आज नसकिने भएको छ ।

सरकारी वकिलहरूले समय धेरै लिएपछि बहस नसकिने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीले आज बहस नसकिने जानकारी दिएका हुन् ।

यसअघि न्यायाधीस अधिकारीले सरकारी वकिलका तर्फबाट २ घन्टा र रवि लामिछानेका तर्फको बहस सवा १ घण्टामा सक्न निर्देशन दिएका थिए। तर सरकारी वकिलले समय धेरै लिएपछि आज बहस नसकिने भएको हो ।