४ असार २०८३, बिहिबार

प्रेस काउन्सिल विधेयकले वर्तमान समस्या समाधान गर्न सकेन : मन्त्री गुरूङ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल भएको छ ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधसभा अन्तरगतको कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना मन्त्रालयसँग छलफल भएको हो ।

छलफलमा बोल्दै सञ्चार मन्त्री पृथ्वी सुव्वा गुङ्गले मिडिया काउन्सिल विधेयक किनल्याउ नुप¥यो ? प्रेस काउन्सिल विधेयक छँदै छ त्यही अनुसार चलिरहेको नै छ भन्ने खालको प्रश्न आउने गरेको भन्दै प्रेस काउन्सिल विधेयकको संरचना र कानुनी प्रवन्धले आजको समस्या समाधान नहुने कारण ल्याउन परेको बताए ।

उनले भने,‘मिडिया काउन्सिल विधेयक किन ल्याउनु प¥यो ? प्रेस काउन्सिल विधेयक छँदै छ त्यही अनुसार चलिरहेको नै छ । त्यसको भन्ने खालको कुरा आउँछ । तर त्यो प्रेस काउन्सिल विधेयकको संरचना जुनखालको छ, जे खालको कानुनी प्रवन्ध छ । त्यसले आजको यो क्षेत्रको समस्याको समाधान गरेन भनेर नयाँ संरचना ने चाहिन्छ भनेर प्रेस काउन्सिल विधेयक यो ३८ सालमा ने बनेको हो । यो बीचमा धेरै कुरा परिवर्तन भइसकेको छ । त्यस क्षेत्रको साथिहरुले पनि मिडिया काउन्सिल विधेयक ल्याउनु प¥यो भनेर आएको थियो ।’

यस्तै,कानुनमन्त्री अजय चौरासियाले मिडिया काउन्सिल विधेयकलाई पास गरेर जान सुझाव दिए । त्यस्तै, बैठकमा समिति सदस्य सोबिता गौतमले नेपालमा औषधीहरुको विज्ञापन गर्न नपाइने व्यवस्था हुँदाहुँदै पनि आयुर्वेदिक प्रोडक्टहरुको विज्ञापन बढेकोमा अपत्ति जनाइन् ।

सामाजिक सञ्जालमा विज्ञापन हेरेको भरमा जनताले स्वतः रुपमा किनेर खाने या प्रयोग गर्ने हुँदा त्यसले झन समस्या थपिएको उनको भनाई छ ।