
काठमाडौं, २९ पुस । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।
अहिले सरकारी वकिलहरूले बहस गरिरहेका छन् । सरकारी वकिलहरूले रविलाई थुनामै पठाउन माग गरेका छन् । सरकारी वकिलले भने, ‘कास्की अदालतले गरेको आदेश बिर्सिदिनुस् श्रीमान्, रवि लामिछानेलाई थुनामै पठाउनुपर्छ ।’
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसमा हालसम्म ५ जना मात्रै सरकारी वकिलले बहस सकेका छन् । अझै ६ जना सरकारी वकिल बहसले बहस गर्नेछन् ।
सरकारी वकिलहरू सन्तोष राज कटुवाल, राधिका सुवाल, बिना खड्का, चन्द्र सञ्जेल र खडिन्द्रराज कटुवालले बहस सकेका हुन् । सरकारी वकिलको बहस सकिएपछि रवि पक्षका वकिलको बहस सुरू हुनेछ ।








प्रतिक्रिया