१६ असार २०८३, मंगलबार

रहेनन् चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । चर्चित नेपाली वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ ।

उनीको गएराति काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ६४ वर्षीय शेर्पा कलेजोको समस्याबाट पीडित थिए ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लाका शेर्पा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त वाइल्डलाइफ फोटोग्राफर थिए । उ

नी नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए । उनका दुई छोरा र तीन छोरी छन् ।