१ कार्तिक २०८३, शनिबार

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा सम्पन्न, तीन जना सञ्चालक समितिमा निर्वाचित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आइतबार पोखरामा सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित भएको छ । साधारणसभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ ।

बैंक सञ्चालक जयमुकुन्द खनालले स्वागत मन्तव्य राखेको सभामा अर्का सञ्चालक मुकुन्द महतले जिपि राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

साधारणसभामा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीहलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ नयाँ प्रविधिहरुलाई आत्मसात् गर्दै आएको र समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्‍याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रुपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय उर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरुमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडि बढिरहेको जानकारी गराए ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफामाभन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्नको निमित्त बैंक निरन्तर लागि परिहेको बताए ।

साधारण सभामा बैंकको संस्थापक शेयरधनीको तर्फबाट पूर्ववन तथा वातावरणमन्त्री डा. वीरेन्द्र महतो एवं समाजसेवी प्रेमकुमारी केसीले पनि सहभागिता जनाएका थिए भने अन्य संस्थापक एंव साधारण शेयरधनिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।