२९ जेष्ठ २०८३, शुक्रबार

१३ जना सचिवको सरुवा, को कहाँ पुगे ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेपाल सरकारका १३ जना सचिवहरूको एकैपटक सरूवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको सार्वजनिक खरिद अनुगमन कार्यालयकमा सरुवा भएको छ । यस्तै, महालेखा नियन्त्रणको कार्यालयका सचिव बिनोदप्रकाश सिंहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेको सिंह कार्यरत रहेको कार्यालयमा सरुवा भएको छ ।

यसैगरी, उपराष्ट्रपति कार्यालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ भने मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालयमा पठाइएको छ। निर्वाचन आयोगका सचिव रबिलाल पन्थको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयका सचिव भरतमणि सुवेदीको आयोगमा सरुवा भएको छ ।

यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने बागमती प्रदेश सरकारका प्रमुख सचिव डा.हरिप्रसाद लम्साललाई मन्त्रालयको सचिवमा ल्याइएको छ । कर्णाली प्रदेश सरकारको प्रमुख सचिव चुणामणी शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् भने मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेलको कर्णाली प्रदेश प्रमुख सचिवमा सरुवा भएको छ ।

यस्तै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थ बागमती प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएका छन् भने सहसचिव बाबुराम अधिकारीलाई लुम्बिनी प्रदेश सरकारको कायममुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । यस्तै, मदन भुजेललाई पनि मधेश प्रदेश सरकारको कामू प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।