२४ जेष्ठ २०८३, आइतबार

सीजी डिजिटलको एकैपटक ५ वटा नयाँ शोरूम उद्घाटन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौँको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।

यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्ने कम्पनीले जनाएको छ । जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तैः एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्सइ, ब्लयाक प्लस डेकर, क्रम्टन, नथिङ र एप्पल आइफोनलगायतका उत्पादनहरू उपलब्ध छन् ।

आफ्ना सामानहरुको प्रदर्शन र सुपथ मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोगबारे शिक्षा प्रदान गराउने उदेश्य सहित शोरुम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

दक्ष्य र अनुभवी सेल्स पर्सनहरुबाट ति शोरुममा भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशसम्मको विशेष छुट पाउन सक्नेछन् । तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

नयाँ शाखाहरूमा फ्री कुकिङ क्लास र लाइभ डेमोकोसमेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई ग्राहकले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नेछन् ।

नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूमका रूपमा ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको कम्पनीले स्पष्ट पारेको छ । यसमा फ्री डेलीभरी, फ्री इन्स्टलेसन, अन स्पोट इएमआई, एक्सचेन्ज अफर र लोयल्टी प्वाइन्ट्स जस्ता सुविधाहरू पनि समावेश छन् ।

यी ५ वटासमेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ । जसले देशभरका ग्राहकहरूलाई उच्च गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउने कामलाई अझ प्रभावकारी बनाएको छ ।