२० जेष्ठ २०८३, बुधबार

रवि लामिछानेलाई हिरासतमा पठाउन आदेश

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुन: हिरासत चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंमा आज थुनछेक बहस नभ्याइएपछि उनलाई न्यायीक हिरासत पठाइएको हो । आज बयान मात्रै सकिएको छ ।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा आज उनको जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान भएको हो । लामिछाने आज अदालतमा उपस्थित भएका थिए ।

लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ।