१० श्रावण २०८३, आइतबार

बयान नसकिए रवि आज थुनामा बस्नुपर्ने

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान अहिले काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान चलिरहेको हो । बयान सकिएपछि थुनछेक हुनेछ । थुनछेकको आदेश अनुसार उनी थुनामा बस्ने वा रिहा हुने निक्र्योल हुनेछ । यदि उनको बयान नसकिए उनी आज थुनामै बस्नुपर्नेछ ।

‘सक्ने प्रयासमा छौँ, सकियो भने आजै थुनछेकको बहस हुन्छ’, जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले भने, यदि बयान नसकिए रविलाई प्रहरी हिरासतमा राखिने र भोलि पुनः अदालतमा उपस्थित गराइने शर्माले बताए । ‘बयान सकिएन भने घर पठाउन मिल्दैन’, उनले भने ।

अहिलेसम्म उनको आधा पनि बयान सकिएको छैन ।

Skip This