२९ जेष्ठ २०८३, शुक्रबार

रवि लामिछानेविरूद्वको मुद्दा न्यायाधीश अधिकारीको इजलासमा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्वको मुद्दाको बयान र थुनछेक बहस न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ।

उनी आज कार्यालय समय अगावै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो।