१८ असार २०८३, बिहिबार

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट विजयी

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २८ पुस । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोद सिंह रानाभाट विजयी भएका छन् ।

शनिबार नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनमा रानाभाट १ हजार १४ मतसहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनिल अग्रवालले ७६५ मत पाए ।

यसैगरी, महासचिवमा प्रतिमा श्रेष्ठ १ हजार १२ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी विकेशलाल श्रेष्ठले ७१३ मत प्राप्त गरे ।

यसैगरी, वाणिज्यतर्फ उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् । अधिकारी ५९९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रामप्रसाद न्यौपानेले ४८४ मत पाए । उद्योगतर्फको उपाध्यक्षमा दीपक उप्रेती विजयी भएका छन् । उनी २७२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रवीन्द्रप्रसाद घिमिरेले २४० मत प्राप्त गरे ।

यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा उज्ज्वल चौलागाईं ४८ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी विष्णु खनालले ३३ मत पाए ।

संघको कोषाध्यक्षमा तेजराज अधिकारी ९१७ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कृष्ण कर्माचार्यले ८ सय १ मत पाए । सहकोषाध्यक्षमा निलम वैद्य विजयी भएकी छन् । उनी ९०१ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी राधिका सामरी पाण्डेले ७८१ मत पाइन् ।