२२ जेष्ठ २०८३, शुक्रबार

ज्योति क्यापिटलको दोस्रो साधारणसभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । ज्योति क्यापिटल लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा शुक्रबार ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३.१६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

सभाले आ.व.२०८१/०८२ को लागि पीएलआरजी एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्स्लाई क्यापिटलको लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । सभाले सञ्चालक समितिबाट नियुक्त भएका दुई जना स्वतन्त्र सञ्चालकहरुको नियुक्ति अनुमोदनसमेत गरेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेको क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य बोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमति प्राप्त गरी धितोपत्रको प्रत्याभुति, लगानी व्यवस्थापन, संस्थागत परामर्शलगायतका सेवा प्रदान गर्दै आएको छ ।