१७ असार २०८३, बुधबार

स्काईवाक टावरको प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डेय

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । कमलादीस्थित वोन्डर्स नेपालको प्रबन्ध निर्देशकमा सफल युवा उद्यमी विष्णुहरि पाण्डेय चयन भएका छन् ।

शुक्रबार सम्पन्न कम्पनीको सातौँ वार्षिक साधारणसभाले पाण्डेयलाई प्रबन्ध निर्देशकमा चयन गरेको हो ।

पाण्डेयसँग विदेश मामिला, शिक्षा र बैंकिङ क्षेत्रमा व्यापक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव रहेको छ । उनी एभरेष्ट, कोलम्बस र प्रिमियर कलेजका अध्यक्ष तथा इक्यानका पूर्वअध्यक्ष हुन् । हाल उनी नयाँ बानेश्वरमा रोयल एडुकेशन कन्सल्टेन्सी सञ्चालन गरिरहेका छन् ।

प्रबन्ध निर्देशक पाण्डेयले स्काईवाक टावरको विकास योजनाबारे जानकारी दिँदै भने, ‘हामीले पहिले नै ३६० डिग्री भ्यूसहितको रेस्टुरेन्ट र क्लब निर्माण गरिसकेका छौँ । आगामी दिनमा सिटी बन्जी जम्प र डोम प्रोजेक्ट जस्ता थप साहसिक गतिविधिहरू थप्दै लैजाने योजना छ ।’

पाण्डेयले स्काईवाक टावरलाई काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पर्यटन क्षेत्रका विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरी अघि बढ्ने योजना रहेको बताए ।