२० असार २०८३, शनिबार

आईटी क्षेत्रमा काम गर्नेका लागि खुसीको खबर, विदेशमा लगानी गर्न र कमाइ स्वदेश भित्र्याउन सकिने

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेपाली आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न र त्यहाँबाट कमाएको रकम स्वदेश भित्र्याउन सहज हुने भएको छ ।

हिजो शुक्रबारको मन्त्रिपरिषद्को बैठकले आईटी क्षेत्रको विकासका लागि महत्वपूर्ण अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीका अनुसार यस अध्यादेशले नेपाली आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न, शाखा कार्यालय खोल्न र त्यहाँबाट कमाएको रकम कानुनी रूपमा नेपाल भित्र्याउन सक्ने व्यवस्था गरेको छ । यसअघि नेपाली आईटी कम्पनीहरूले विभिन्न कानुनी जटिलताका कारण विदेशी बजारमा सहज रूपमा काम गर्न र कमाइ भित्र्याउन कठिनाइ भोग्दै आएका थिए ।

प्रधानमन्त्री ओलीले यस कदमले आईटी क्षेत्रलाई विदेशी मुद्रा आर्जन गर्ने प्रमुख उद्योगका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘आईटीको क्षेत्रमा काम गर्नेहरुलाई खुसीको खबर ! नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्याराहरु थिए । अब नेपाली आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने भएका छन् ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गरेको छ । यसले आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ ।’