
पोखरा, २६ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनालाई धरौटीमा रिहा गर्ने कास्की जिल्ला अदालतको निर्णयविरूद्व सरकार पुनरावेदनमा जाने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएको हो ।
अभियोगपत्रमा मागदाबी बमोजिमको आदेश नआएको र धरौटी रकम पनि कम लिइएको सरकारी वलिकको दलिल छ ।








प्रतिक्रिया