
नवलपरासी, २६ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजगर्मा पूर्णरूपमा अवरूद्ध भएको छ ।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किवासस्थित विनयी खोलाको पुललाई भारतीय ट्रकले ठक्कर दिँदा भाँचिएको हो । अहिले यातायात पूर्णरूपमा अवरूद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए ।
पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य भइरहेको छ ।









प्रतिक्रिया