
काठमाडौं, २६ पुस । गरिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।
क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा सम्पन्न नवौं वािर्षक साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागि शेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्ष पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए ।
सभामा गरिमा विकास बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पूर्वअध्यक्षहरु, गरिमा म्युचूअल फण्डअन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरिवेक्षकहरु तथा शेयरधनीहरुहरुको उपस्थिति रहेको थियो । वार्षिक साधारणसभाको कार्यक्रम सञ्चालन क्यापिटलका कम्पनी सचिव अशोक सुवेदी तथा स्वागत मन्तव्य क्यापिटलका सञ्चालक एवं गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले गरेका थिए ।
साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ साल आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरुमध्ये एक (१)/एक (१) सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि सञ्चालकहरु नियुक्त गरेकोमा सो नियुक्ति अनुमोदन गर्ने सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित गरेको थियो ।
गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल सामूहिक लगानी कोषको योजना व्यवस्थापनका साथै प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य (डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । गरिमा क्यापिटलका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नवीनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।








प्रतिक्रिया