३ श्रावण २०८३, आइतबार

रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । कास्की प्रहरीको हिरासतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी आरोमा उनीविरूद्व काठमाडौंमा पनि मुद्दा दायर भएको छ । उनी आज काठमाडौं आएर अदालतमा उपस्थित हुने भनिएपनि आइतबार मात्रै उपस्थित हुने भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रतिवादी बनाइका लामिछानेलाई हिजो न्यायाधीस नितिज राईको इजलासले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।