
पोखरा, २६ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी आरोप लागेकी लिला पछाईँले पनि आज धरौटी रकम बुझाएकी छिन् ।
हिजो अदालतले उनीसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी हिजो धरौटी बुझाउन नसक्दा रिहा भएकी थिइनन् । उनले आज ३७ लाख धरौटी बुझाएर रिहा भएकी हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी लगायत हिजो नै रिहा भइसकेका छन् ।








प्रतिक्रिया