३ श्रावण २०८३, आइतबार

पर्यटन क्षेत्रमा गर्नुपर्ने काम तुरुन्तै गर्नेछौं : अर्थमन्त्री

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । उपप्रधान एमव् अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा पर्यटन क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको चौथो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो क्षेत्रको लागि नीति र बजेटसँगै आजभोलि नै गर्न सकिने काम गर्ने विश्वास दिलाएका हुन् ।

उनले भने, ‘जतिबेलाहा मी सरकारमा छौ, हुन्छौ त्यतिबेला पर्यटन क्षेत्रका समस्याहरुलाई बुझ्ने र समाधान गर्ने सन्दर्भमा केही निर्णयहरु भएका छन् । पर्यटन व्यवसायका सन्दर्भमा एउटा महत्वपूर्ण प्रयोग भइरहेको छ । यस क्षेत्रलाई राम्रोसँग हुर्किने, फूल्ने मौका दिनुपर्छ भन्ने सरकारको बुझाइ हो । त्यसैले यस क्षेत्रका समस्यालाई सम्बोधन गर्नको लागि केही राम्रा कदमहरु चाल्ने छौं । नीति, बजेटको बारेमा कदमचाल्ने छौ र तुरुन्तै गर्न सकिने काम गर्नेछौं ।’

उनले पर्यटन क्षेत्रको सम्भावनालाई यथार्थमा बदल्नको लागि अब सरकारले पर्यटन व्यवसायीहरुको समग्र समस्याको समाधान गर्ने भन्दै उच्च मनोबलका साथ राष्ट्र निर्माणमा योगदान दिन सक्ने क्षेत्रको रुपमा विकासका पहल गर्ने बताए ।