६ असार २०८३, शनिबार

मन्त्रिपरिषद्‌ बैठक साँझ बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cabi

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आजको बैठकले २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा र ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गर्ने निर्णय गर्ने बताइएको छ ।

यसअघि पुस १७ गते बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। यस्तै पुस १८ गते बसेको बढुवा समितिको बैठकले एसएसपीहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा सिफारिस गरेको छ।