३ असार २०८३, बुधबार

सर्वसाधारणले खरिद गर्न मिल्ने माछापुच्छ्रे बैंकको संस्थापक शेयर बिक्रीमा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । माछापुच्छ्रे बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले ३ लाख २५८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि यो शेयर सर्वसाधारण लगानीकर्तालेसमेत किन्न सक्नेगरी बिक्री खुला गरिएको हो ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजदेखि ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति शेयर खरिद गर्ने त्यसको व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।