
काठमाडौं, २५ पुस । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाको पुस २४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि समता घरेलुले आर्थिक वर्ष २०७९/८० मा ५.७१ प्रतिशत लाभांश वितरण गरेको थियो ।









प्रतिक्रिया