२० असार २०८३, शनिबार

चालकलाई कुटपिट गर्दै टाटासुमो तोडफोड गर्ने ९ जना पक्राउ

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २५ पुस । टाटासुमोका चालकलाई कुटपिट गरी गाडी पनि तोडफोड गरेको आरोपमा काभ्रे प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बा ३ च ३४९४ र बा ३ च ५६२१ नम्बरको कारका चालक र ती दुई कारमा सवार व्यक्तिहरु रहेका छन् ।

बुधबार साँझ उनीहरुले नमोबुद्ध नगरपालिका-२ बेलास्थित बीपी राजमार्गमा मंगलटारबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ६१७२ नम्बरको टाटासुमोका चालकलाई कुटपिट गर्नुको साथै गाडीमा पनि तोडफोड गरेका थिए।

उनीहरूलाई गएराति नै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनापछि सार्वजनिक भएको भिडियो क्लिपका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । नौ जनालाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।