
काठमाडौं, २५ पुस । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली काँग्रेसका केही नेताको झ्यारझ्यार श्रवणीय नरहेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले ०८७ सालमा संविधान संशोधन हुने बताएपछि काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समझदारीमा ब्याकगियर नभएको भन्दै संविधान संशोधनबाट पछाडि जान नसकिने बताएका थिए ।
महामन्त्री शर्माको टिप्पणीप्रति एमाले नेता रिजालले भने, ‘कांग्रेसका केही जिम्मेवार साथीहरूले एमालेका बारेमा बीचबीचमा झ्यारझ्यार गरिरहेको त्यति श्रवणीय छैन ।’
सरकारमा एमाले र काँग्रेस रहेका उल्लेख गर्दै दुई पार्टीका अध्यक्षहरुबीच उच्चस्तरको समझदारी रहेको साथै दुई पार्टीका बीचमा उच्चस्तरीय राजनाीतिक संयन्त्र बनेको उनले स्मरण गराएका छन् ।
एमालेले आफ्नो पार्टीको विधान अनुसार अनुशासनका विषयमा निर्णय गर्दा मुख चिलाएका र सार्वजनिक रुपमा टिप्पणी गरेका उनले बताएका हुन् । रिजालले खसखस लागेमा आफ्नै सभापति शेरबहादुर देउवालाई सोध्न पनि उनले आग्रह गरेका हुन् ।








प्रतिक्रिया