
पोखरा, २५ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।
हिजो जाहेवालातर्फको बहस सकिएसँगै आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् ।
न्यायाधीस नीतिज राईको इजलासमा बहस भइरहेको हो । सम्भवतः आज जवाफी बहस सकिएर आदेश आउने सम्भावना रहेको छ । अदालतले लामिछाने लगायतलाई थुनामै राख्ने वा सामान्य तारेज, धरौटीमा रिहा गर्ने तय गर्नेछ ।








प्रतिक्रिया