२४ जेष्ठ २०८३, आइतबार

लक्ष्मी सनराइज बैंकको २४औं वार्षिक साधारणसभा सम्पन्न

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ ।

बुधबार बसेको साधारणसभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्तिसमेत गरेको छ ।

आ.व. २०८०/८१ मा ३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार ३ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ । आ.व. २०८०/८१ मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।