
काठमाडौं, २४ पुस । गृहमन्त्री रमेश लेखकसहित पाँच सांसदविरुद्धको अवहेलना मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
गृहमन्त्री लेखकसहित पाँचजना सांसदविरूद्व अधिवक्ता यज्ञप्रसाद अधिकारीले सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए ।
मुद्दाको न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
उनीहरूले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विरुद्ध असन्तुष्टि जनाउँदै संसदमा आफ्नो धारणा राखेका थिए ।









प्रतिक्रिया