
काठमाडौं, २४ पुस । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ दुईजना धरौटीमा रिहा भएका छन् ।
सञ्चालक समिति सदस्य कमल लामा र लेखा सुपरीवेक्षण सदस्य सुनिता नेवा धरौटीमा रिहा भएका हुन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश पदमराज पाण्डेको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सुनिताले ४ लाख र कमल ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
उनीहरू गत कात्तिक २० गते पक्राउ पक्राउ परेका थिए । यही सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित अन्य ३७ जनालाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूको हकमा थुनछेक बहस हुन बाँकी छ ।








प्रतिक्रिया