
विराटनगर, २४ पुस । सहकारी ठगीको आरोप लागेकी प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् ।
उनी आज अदालत खुल्ने बित्तिकै हाजिर भएकी हुन् । उनको आजै जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा पेशी तोकिएको छ ।
उमागौरी कृषि सहकारी ठगीको आरोप लागेकी अञ्जलाविज्ञद्व अदालतले पुस २ गते पक्राउ पुर्जी जारी गरेको थियो ।








प्रतिक्रिया