१६ कार्तिक २०८३, सोमबार

ड्युटीमै ढलेका सहायक हवलदारको मृत्यु

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, २४ पुस । ड्युटीमै रहेका बेला ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

डोटीको इलाका प्रहरी कार्यालय बिपिनगरमा कार्यरत डडेल्धुराको भागेश्वर गाउँपालिका-५ घर भएका ३६ वर्षका प्रहरी सहायक हवल्दार बहादुर सिंह पाली ड्युटीकै क्रममा छाती दुख्यो भन्दै बेहोस भएर ढलेका थिए ।

उनलाई सेति प्रादेशिक अस्पताल धनगढी रेफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।