
काठमाडौं, २३ पुस । मुक्तिनाथ विकास बैंक लिमिटेडले १९औं वर्ष प्रवेश गरेको अवसरमा आफ्नो ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न ‘मुक्तिनाथ एनिभर्सरी बोनान्जा’ योजनाअन्तर्गत विभिन्न योजना सार्वजनिक गरेको छ ।
पहिलो योजना अनुसार बैंकको मोबाइल बैंकिङमा भएको कनेक्ट आईपीएसमार्फत रकम ट्रान्सफर गर्ने ग्राहकहरु मध्येबाट २ जना ग्राहकलाई लक्की ड्रमार्फत मोबाइल फोन प्रदान गरिनेछ ।
यसैगरी, १०० रुपैयाँ वा सो भन्दा बढीको टपअप तथा डेटा प्याक लिने दैनिक १९ जना ग्राहकले लक्की ड्रमार्फत १०० रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना पुस १९ गतेदेखि माघ १९ गतेसम्मका लागि रहनेछ ।
दोस्रो योजना अनुसार बिजुलीको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित रहेको छ । यस योजनामा बैंकको मोबाइल बैंकिङमार्फत बिजुलीको बिल भुक्तानी गर्ने १ जना ग्राहकले लक्की ड्रमार्फत बिल भुक्तानी रकम वा अधिकतम १० हजार १२५ रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन । यो योजना पनि पुस १९ गतेदेखि माघ १९ गतेसम्मका लागि हुनेछ ।
यसैगरी, तेस्रो योजना अनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोबार क्यूआरमार्फत प्राप्त नगरेका मर्चेन्टहरुले यस अवधिमा कारोबार संख्या ३ र रकम २०० रुपैयाँसम्मको कारोबार रकम क्यूआरमार्फत प्राप्त गरेमा त्यस मर्चेन्ट मध्ये ५ जना मर्चेन्टले लक्की ड्रमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् ।
त्यसैगरी, भारतीय पर्यटकबाट क्यूआर मर्चेन्टमा २०० रुपैयाँसम्मको रकम क्यूआरमार्फत प्राप्त गरेमा त्यस प्रकारका मर्चेन्टहरु मध्ये ५ जना मर्चेन्टले लक्की ड्रमार्फत स्मार्ट वाच प्राप्त गर्नेछन् । यो योजना पुस १९ गतेदेखि पुस २५ गतेसम्मका लागि हुनेछ । यसका साथै मोबाइल बैंकिङमार्फत अन्य बैंकमा रकम ट्रान्सफर गर्ने दैनिक १ जनालाई लक्की ड्रमार्फत १००० रुपैयाँ क्यास ब्याक प्रदान गरिनेछ । साथै, क्यूआरमार्फत बिल भुक्तानी गर्ने ग्राहकहरु मध्येबाट दैनिक २ जनालाई लक्की ड्रमार्फत ५०० रुपैयाँका दरले क्यास व्याक प्रदान गरिने छ । यो योजना पुस १९ गतेदेखि पुस २५ गतेसम्मका लागि हुनेछ ।
विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ ।
त्यसैगरी, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मालगायतका कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया