२० असार २०८३, शनिबार

जिम्मेवार दलहरु नै संघीयताप्रति उदार छैनन् : गगन थापा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेपाली कांग्रेसका महाहन्त्री गगनकुमार थापाले कुनै पनि राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन् ।

मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरुले नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् ।

उनले भने,‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौ र लिएका छौं, कोही पनि संघीयताप्रति उदार छैनौं । एकदमै अनुदार छौं । यसमा रुची छैन । मैले नयां दलहरु पनि हेरें, क्षेत्रीय दलहरु पनि हेरें । जसले बाहिर जे जे भनेपनिभित्र सरकार चलाउने ठाउँमा कसैले पनिशर्त राख्दैनन् ।’

उनले मधेश र माओवादी आन्दोलनको पनि निकै ठुलो महत्व रहेको बताए । उनले संघीयताको बिषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले संविधान कार्यन्वयनको बिषय धेरै चुनौती र पेचिलो रहेको बताए ।

उनले भने,‘ संविधान रचनाकालमा जति अथक पहल, प्रयत्न, पैरवी भयो अब कार्यान्वयन गर्ने पाटोमा सक्रिय रहनुपर्छ । यसको मर्म अनुसार कार्यान्वयन त्यतिकै उन्नस्तर र हार्दिकताको जिम्मेवारी बोधका साथ समझदारीका साथ जान सक्नु पर्दथ्यो । त्यहाँनेर ल्याकिङ भयो । कार्यान्वयनमा चुनौती र पेचिलो छ ।’