११ असार २०८३, बिहिबार

चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो (अपडेट)

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । आज बिहान तिब्बत केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी चीनमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ ।

हालसम्म कम्तिमा १३० जना घाइते भएका छन् । सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।